नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ भदौ ९ गते मंगलबारको राशिफल

मेष
हातमा आइसकेको अवसर गुम्न सक्ने जोखिम छ । अनावश्यक विवाद र झमेलामा फस्ने सम्भावना देखिन्छ । आर्थिक लेनदेनमा ठूलो नोक्सानी हुन सक्ने भएकाले सतर्क रहनुहोला ।
वृष
व्यापार तथा व्यवसायमा सोचेभन्दा राम्रो आम्दानी हुनेछ । रोकिएका महत्वपूर्ण कामहरूले पुनः गति लिनेछन् । परिवारमा सुखद र शान्त वातावरण रहनेछ ।
मिथुन
अध्ययन र बौद्धिक क्षेत्रमा सफलता हात लाग्नेछ । नयाँ कामको थालनी गर्न समय अनुकूल देखिन्छ । शुभचिन्तकहरूको राम्रो सल्लाह र साथ मिल्नेछ ।
कर्कट
कार्यस्थलमा नयाँ जिम्मेवारी कुशलतापूर्वक पूरा हुनेछ । आर्थिक पक्ष बलियो बन्दै जाने संकेत छ । घरपरिवारका सदस्यहरूसँग रमाइलो समय बित्नेछ ।
सिंह
सामाजिक प्रतिष्ठा र मान–सम्मानमा वृद्धि हुनेछ । प्रशासनिक तथा सरकारी कामहरू सहजै सम्पन्न हुनेछन् । आत्मविश्वासका साथ अघि बढ्दा लक्ष्य भेटिनेछ ।
कन्या
लामो समयदेखि रोकिएको रकम फिर्ता आउनेछ । नयाँ योजनाहरू कार्यान्वयन गर्न उपयुक्त अवसर जुट्नेछ । सहकर्मीहरूको पूर्ण समर्थन प्राप्त हुनेछ ।
तुला
साझेदारी व्यवसायबाट राम्रो लाभ मिल्नेछ । बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन् । दिनको पछिल्लो भाग थप उत्साहजनक रहनेछ ।
वृश्चिक
नजिकका व्यक्तिबाटै धोका वा विश्वासघात हुन सक्छ । कार्यक्षेत्रमा अप्रत्याशित बाधा र मानसिक तनाव बढ्नेछ । स्वास्थ्यमा अचानक समस्या आउन सक्ने भएकाले विशेष ध्यान दिनुहोला ।
धनु
आम्दानीका नयाँ स्रोतहरू पहिचान हुनेछन् । आफन्त तथा साथीभाइको सहयोगले ठूलो काम बन्नेछ । स्वादिष्ट भोजन र मनोरञ्जनमा समय बित्नेछ ।
मकर
कार्यक्षमताको उच्च मूल्यांकन हुने समय छ । नयाँ लगानीको बाटो खुल्नेछ । प्रतिस्पर्धीहरू स्वतः पछि पर्नेछन् ।
कुम्भ
यात्रा फलदायी र उपलब्धिमूलक बन्नेछ । रोकिएका पुराना योजनाहरू सम्पन्न हुनेछन् । पारिवारिक सम्बन्ध थप प्रगाढ र आत्मीय बन्नेछ ।
मीन
आम्दानीको तुलनामा खर्च ह्वात्तै बढ्नाले आर्थिक संकट पर्न सक्छ । काममा ढिलासुस्ती र सहकर्मीबाट असहयोगको सामना गर्नुपर्ला । चोटपटक वा दुर्घटनाको जोखिम रहेकाले यात्रा गर्दा सावधानी अपनाउनुहोला ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्