नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ भदौ १५ गते सोमबारको राशिफल

मेष
रोकिएका कामहरू बन्नेछन् र नयाँ कार्यको थालनी गर्न अनुकूल समय छ । पारिवारिक सहयोग मिल्नेछ । आर्थिक पक्ष सबल रहनेछ । नयाँ जिम्मेवारीले कार्यक्षेत्रमा तपाईंको प्रभाव थप बढाउनेछ ।
वृष
खर्च बढ्न सक्छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनुहोला । स्वास्थ्यमा सामान्य उतारचढाव देखिए पनि मित्रजनको साथले मन प्रसन्न रहनेछ । धैर्यतापूर्वक काम गर्दा अधुरा योजनाहरू बिस्तारै सफल हुनेछन् ।
मिथुन
आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् र सामाजिक प्रतिष्ठा पाउने समय छ । व्यापार–व्यवसायमा राम्रो लाभ मिल्ने योग बनेको देखिन्छ । सकारात्मक सोचले गर्दा आज प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ ।
कर्कट
कर्मक्षेत्रमा उच्च अधिकारी वा सहकर्मीबाट राम्रो सहयोग मिल्नेछ । रोकिएको कामले गति लिनेछ भने पारिवारिक वातावरण सुखद रहनेछ । आफ्ना व्यक्तिगत योजनाहरू गोप्य राखेर अघि बढ्नु बुद्धिमानी हुनेछ ।
सिंह
भाग्यले साथ दिनेछ र धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । लामो दूरीको यात्रा वा नयाँ अवसरको राम्रो सम्भावना देखिन्छ । लगनशीलताले गर्दा समाजमा तपाईंको मान–सम्मान र प्रतिष्ठा वृद्धि हुनेछ ।
कन्या
गोपनीयतामा ध्यान दिनुहोला र विवादबाट टाढा रहनुहोला । स्वास्थ्य र खानपानमा विशेष ख्याल राख्नुपर्ने देखिन्छ । संयमित भएर निर्णय लिएमा सम्भावित जोखिमहरू सजिलै टरेर जानेछन् ।
तुला
दाम्पत्य जीवनमा मधुरता छाउनेछ र नयाँ सम्झौताबाट लाभ मिल्नेछ । प्रियजनसँगको भेटघाटले मनमा नयाँ उत्साह र उमंग जगाउनेछ । संयुक्त लगानी वा साझेदारीका काममा अपेक्षित सफलता हात लाग्नेछ ।
वृश्चिक
शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् र मुद्दा–मामिला सुल्झिनेछन् । परिश्रमको उचित प्रतिफल प्राप्त हुनाले आत्मबल मजबुत बन्नेछ । चुनौतीहरूलाई अवसरमा बदल्न सक्ने विशेष क्षमताको विकास हुनेछ ।
धनु
बौद्धिक तथा रचनात्मक काममा राम्रो सफलता हात लाग्नेछ । अध्ययन–अध्यापनमा प्रगति हुनुका साथै सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । नयाँ ज्ञान सिक्ने र सिर्जनात्मक कार्यमा समय बिताउने अवसर मिल्नेछ ।
मकर
घरायसी विषयमा केही तनाव वा अनावश्यक खर्च बढ्न सक्छ । जग्गाजमिन वा सवारीसाधनको कारोबार गर्दा विशेष सावधानी अपनाउनुहोला । आफन्त तथा अग्रजहरूको सुझाव लिएर काम गर्दा क्षतिबाट जोगिन सकिनेछ ।
कुम्भ
आत्मविश्वास र पराक्रम वृद्धि हुनाले काममा सहजता आउनेछ । छोटो यात्राको योग छ भने दाजुभाइ तथा इष्टमित्रबाट पूर्ण सहयोग प्राप्त हुनेछ । रोकिएका महŒवपूर्ण कार्यहरू आजै सम्पन्न गर्न सकिने वातावरण बन्नेछ ।
मीन
आर्थिक स्थिति मजबुत बन्नेछ र कुटुम्बको राम्रो साथ मिल्नेछ । बोलीको प्रभावले रोकिएका कामहरू सहजै सम्पादन हुनेछन् । मिठो भोजनका साथै शुभचिन्तकहरूको सल्लाहले दीर्घकालीन फाइदा पुग्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्