नेभिगेशन
प्रदेश

जलेकै भवनबाट अत्यावश्यक सेवा

हेटौंडा, ५ असोज - जेनजी प्रदर्शनका क्रममा हेटौंडा उपमहानगरपालिकाको भवनदेखि वडा कार्यालयहरूसम्म आगजनी भयो । कर्मचारीको सवारी साधनदेखि शव बाहनसम्म जल्यो । उपमहानगरपालिका कार्यालयदेखि वडाहरू समेतमा क्षति पुगेपछि भवनबाहेक ३२ करोड रुपैंया भन्दा बढी क्षति हुन पुगेको तथ्यांक सार्वजनिक गरिएको छ ।

सामाजिक विकास शाखा प्रमुख भीमप्रसाद तिमल्सिनाका अनुसार सरकारी संरचनामा क्षति हुँदा सेवा प्रवाहमा समस्या भैरहेको छ । कार्यालयमा रहेका पुराना फाइलहरूदेखि भुक्तानीका लागि राखिएको फाइलहरू समेत जल्दा नागरिकहरूलाई सेवा प्रवाहमै सकस भैरहेको उनले बताए ।

नगरपालिकाका प्रवक्ता सबिन न्यौपानेका अनुसार अत्यावश्यक सेवाहरू आगजनी भएकै भवनबाट सुरु गरेको छ । स्वास्थ्य सेवा, प्रशासनिक सेवा, आर्थिक विकास महाशाखाबाट प्रवाह हुने कृषि, पशुपक्षी, उद्योग तथा सहकारी क्षेत्र लगायतको अत्यावश्यक सेवा प्रवाह भने आगलागी भएकै भवनबाट सुरु गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत भरत गौतम भन्छन्, ‘सरकारी संरचनामा क्षतिपछि खरानी टक्कटक्याउँदै नगरले सेवा प्रवाह निरन्तरता दिएको छ । जलेका फाइल र नष्ट भएका संरचनाबीच पनि प्रशासनिक कामकाजलाई अघि बढाउन सुरु गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्