नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असोज २३ गते शुक्रबारको राशिफल

मेष

आफन्तजनको राम्रो सहयोग प्राप्त हुनेछ । नयाँ कार्य सुरु गर्ने अवसर मिल्नेछ । आर्थिक पक्ष सबल रहने देखिन्छ । व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ । पारिवारिक वातावरण सुखद् रहनेछ ।

वृष
कामको प्रतिफल ढिलो मिल्नाले मनमा चिन्ता बढ्न सक्छ । अनावश्यक विवादबाट टाढै रहनु हितकर हुनेछ । साँझपख शुभचिन्तकहरूको भेटघाटले मन प्रफुल्लित बन्नेछ ।

मिथुन
सिर्जनात्मक क्षमताको राम्रो कदर हुनेछ । बौद्धिक क्षेत्रमा उल्लेख्य सफलता मिल्ने योग छ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइएला ।

कर्कट
पारिवारिक विषयमा संयम अपनाउनुहोला । भौतिक सुखसुविधाका साधन जुटाउन खर्चको मात्रा बढ्नेछ । कार्यक्षेत्रमा धैर्यपूर्वक लाग्दा दिन सहज रूपमा बित्नेछ ।

सिंह
साहस र पराक्रममा वृद्धि हुनेछ । सहयोगी व्यक्तिहरूको साथ पाइनेछ । छोटो दूरीको फलदायी यात्रा हुन सक्छ । सामाजिक क्षेत्रमा मान–सम्मान मिल्नेछ ।

कन्या
मिहिनेतले राम्रो आम्दानी दिलाउनेछ । बोलीको प्रभाव बढ्नाले बैठकहरूमा प्रशंसा मिल्नेछ । आफन्तजनसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ । खानपानमा विशेष ध्यान दिनुहोला ।

तुला
आत्मविश्वास उच्च रहनेछ । नयाँ कार्ययोजना बनाउन दिन अनुकूल छ । लगानी विस्तार गर्ने योजना बन्नेछ । सामाजिक जिम्मेवारी कुशलतापूर्वक पूरा हुनेछन् ।

वृश्चिक
खर्चको मात्रा बढ्न सक्ने भएकाले सतर्क रहनुहोला । स्वास्थ्यमा सामान्य कमजोरी देखापर्न सक्छ । वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा प्रगति हुनेछ । यात्रा गर्दा समयको ख्याल राख्नुहोला ।

धनु
रोकिएको धन हात पर्ने सम्भावना छ । आयआर्जनका बाटाहरू सुदृढ बन्नेछन् । अग्रज व्यक्तिको मार्गदर्शनले काममा सहजता ल्याउनेछ । साथीभाइसँग भेटघाट हुनेछ ।

मकर
कर्मक्षेत्रमा उल्लेखनीय सफलता हात लाग्नेछ । उच्चपदस्थ व्यक्तिहरूसँग भेटघाट हुने अवसर मिल्नेछ । पैतृक सम्पत्तिबाट लाभ प्राप्त हुनेछ । समाजमा प्रतिष्ठा बढ्ने देखिन्छ ।

कुम्भ
भाग्यले साथ दिनाले रोकिएका काम अघि बढ्नेछन् । धर्म तथा परोपकारी कार्यमा रुचि बढ्नेछ । अध्ययन क्षेत्रमा राम्रो प्रगति हुनेछ । धार्मिक वा व्यावसायिक यात्राको योग देखिन्छ ।

मीन
गोपनीयतामा विशेष ध्यान दिनुहोला । अरूको भर पर्दा काममा बाधा आउन सक्छ । जोखिमपूर्ण कामबाट टाढा रहनु उपयुक्त हुनेछ । साँझपख समस्याको निकास फेला पर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्