नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असोज २५ गते आइतबारको राशिफल

मेष
पारिवारिक भेटघाटले मन प्रसन्न रहनेछ । मिहिनेत अनुसार प्रतिफल राम्रो मिल्नेछ । बोलीको प्रभाव बढ्नाले बिग्रेका सम्बन्ध सुध्रिनेछन् । शुभ समाचार सुन्न पाइनेछ ।

वृष
रोकिएका अधुरा काम सम्पादन गर्ने अवसर जुट्नेछ । नयाँ जिम्मेवारीले उत्साह बढाउनेछ । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ । आर्थिक पक्ष सबल बन्दै जाला ।

मिथुन
खर्चको मात्रामा केही वृद्धि हुनसक्छ । समयको व्यवस्थापनमा विशेष ध्यान दिनुहोला । स्वास्थ्यमा सामान्य उतारचढाव देखिएला । संयम अपनाएर अघि बढ्दा लाभ मिल्नेछ ।

कर्कट
आयआर्जनका नयाँ बाटा खुल्नेछन् । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । योजनाबद्ध रूपमा गरिएका प्रयास सफल हुनेछन् । आत्मबल उच्च रहनेछ ।

सिंह
कार्यक्षेत्रमा प्रशंसा पाउने दिन छ । उच्च अधिकारीहरूको सहयोगले कार्य सम्पादन सहज बन्नेछ । लगनशीलताले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । मानसम्मान बढ्नेछ ।

कन्या
धार्मिक तथा सामाजिक गतिविधिमा रुचि बढ्नेछ । भाग्यले साथ दिँदा सोचेभन्दा राम्रो नतिजा हात पर्नेछ । यात्राको योग बन्नेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ ।

तुला
महŒवपूर्ण निर्णय लिनुअघि अग्रजको सल्लाह लिनु बुद्धिमानी हुनेछ । गोपनीयतामा सजग रहनुहोला । काममा अनावश्यक ढिलासुस्ती हुनसक्छ । धैर्यपूर्वक अघि बढ्नु हितकर छ ।

वृश्चिक
दाम्पत्य जीवन सुखद रहनेछ । साझेदारी व्यापार व्यवसायबाट राम्रो फाइदा मिल्नेछ । नयाँ सहकार्यको प्रस्ताव आउन सक्छ । प्रियजनसँगको यात्रा रमाइलो बन्नेछ ।

धनु
शत्रुपक्ष परास्त हुनेछन् । पुराना विवाद तथा समस्या सुल्झिँदै जानेछन् । प्रतिस्पर्धामा विजय प्राप्त होला । शारीरिक स्फूर्ति र उमंग बढ्नेछ ।

मकर
बौद्धिक कार्यमा सफलता मिल्नेछ । सन्तान वा अनुजको प्रगतिले मनमा सन्तोष मिल्नेछ । रचनात्मक क्षमताको उचित मूल्यांकन हुनेछ । मनोरञ्जनमा समय बित्नेछ ।

कुम्भ
घरायसी विषयमा मन अल्झिन सक्छ । जग्गाजमिनसम्बन्धी काममा सावधानी अपनाउनुहोला । आफन्तसँगको व्यवहारमा समझदारी कायम राख्नु उपयुक्त हुनेछ । संयमित रहनु बुद्धिमानी हुनेछ ।

मीन
पराक्रम र हिम्मत बढ्नेछ । दाजुभाइ तथा मित्रवर्गको सहयोगले रोकिएका काम बन्नेछन् । छोटो दूरीको लाभदायी यात्राको सम्भावना छ । सोचेका योजनाले गति लिनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्