नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असोज २६ गते सोमबारको राशिफल

मेष
गोपनीयतामा ध्यान दिनुहोला । अरूको भर पर्दा काममा केही ढिलाइ हुन सक्छ । स्वास्थ्यमा सामान्य उतारचढाव देखिन सक्ने भएकाले आराम गर्नुहोस् । साँझपख स्थिति सहज बन्नेछ ।

वृष
आर्थिक कारोबारमा अलिकति सतर्कता अपनाउनु राम्रो हुनेछ । अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेटमा ध्यान दिनुहोला । दिनको उत्तरार्धमा साथीभाइको सहयोगले अधुरा काम बन्नेछन् ।

मिथुन
प्रतिस्पर्धात्मक कार्यहरूमा सफलता हात पर्ने योग छ । बौद्धिक क्षमताको कदर हुनेछ । कार्यक्षेत्रमा नयाँ योजना अघि सार्न सकिनेछ । पारिवारिक वातावरण सुखद रहनेछ ।

कर्कट
पारिवारिक भेटघाटले आत्मीयता बढाउनेछ । घरायसी काममा समय बित्न सक्छ । स्वास्थ्यप्रति सचेत रहनुहोला । खानपानमा विशेष ध्यान दिनु बुद्धिमानी हुनेछ ।

सिंह
आत्मविश्वासमा वृद्धि हुनेछ । नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर मिल्नेछ । सामाजिक क्षेत्रमा मान–प्रतिष्ठा बढ्नेछ । नयाँ कामको थालनी गर्न अनुकूल समय छ ।

कन्या
आर्थिक लाभका नयाँ स्रोतहरू पहिचान हुन सक्छन् । बोलीको प्रभावले रोकिएका काम बन्नेछन् । अध्ययन क्षेत्रमा संलग्नहरूका लागि दिन निकै उपलब्धिमूलक रहनेछ ।

तुला
सोचेका योजनाहरू क्रमिक रूपमा कार्यान्वयन हुँदै जानेछन् । व्यक्तित्वको प्रशंसा हुनेछ । मनमा नयाँ उमङ्ग छाउनेछ । साझेदारी कार्यबाट राम्रो नतिजा हात लाग्नेछ ।

वृश्चिक
कामको चाप बढी हुनाले दौडधुप गर्नुपर्ने अवस्था आउन सक्छ । टाढाको यात्राको सम्भावना देखिन्छ । योजना बनाएर मात्र अघि बढ्नुहोला । धैर्यताले काम लिनु हितकर हुनेछ ।

धनु
लामो समयदेखि अड्किएका काम बन्नेछन् । आम्दानीका नयाँ बाटा खुल्ने दिन छ । विशिष्ट व्यक्तिहरूसँगको भेटघाटले भविष्यलाई फाइदा पुग्नेछ । सन्तानबाट सुखद समाचार प्राप्त हुन सक्छ ।

मकर
कर्मक्षेत्रमा सक्रियता बढ्नेछ । उच्च अधिकारीहरूको सहयोग प्राप्त हुनेछ । पदोन्नतिको अवसर जुट्न सक्छ । परिश्रमको उचित मूल्यांकन हुनेछ ।

कुम्भ
भाग्यले साथ दिनेछ । धार्मिक कार्यप्रति रुचि बढ्नेछ । रोकिएका कामहरू सहजै अघि बढ्नेछन् । नयाँ ठाउँको भ्रमण फलदायी रहनेछ ।

मीन
आँटेका कामहरू समयमै सम्पन्न हुनाले मन प्रसन्न रहनेछ । नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ । रोकिएका कार्यहरू अघि बढ्नेछन् । सहकर्मीहरूको राम्रो साथ मिल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्