नेभिगेशन
अर्थतन्त्र

नामी र सेरेस ईभीमा अफर

काठमाडौं । एमएडब्लू वृद्धिले नयाँ वर्षअघि सुरु गरेको ‘प्रि–न्यू इयर ब्याश’ अभियानअन्तर्गत डोंगफेङ नामी र सेरेस इलेक्ट्रिक गाडीहरूमा विशेष अफर सार्वजनिक गरेको छ । इयर– इण्ड सेजन लक्षित यो लिमिटेड– टाइम अफर परिवार तथा व्यक्तिगत प्रयोगका लागि ईभी किन्न इच्छुक ग्राहकका लागि उत्कृष्ट अवसरका रूपमा प्रस्तुत गरिएको छ ।

डोंगफेङ नामीको एक्सक्लुसिभ अफरअनुसार, नामी भिगो र नामी ०१ अब नाडा मूल्यमै उपलब्ध हुनेछन् । साथै, प्रत्येक खरिदकर्ताले ७ किलोवाट होम चार्जर, ३.५ किलोवाटको पोर्टेबल चार्जर तथा निःशुल्क अटो प्लस इन्स्योरेन्स प्राप्त गर्नेछन् । गाडी खरिद गर्नेमध्ये लक्की ड्रमार्फत तीनजनालाई थाइल्याण्ड भ्रमण र एक जनाले आईफोन १७ प्रोम्याक्स जित्ने मौका पाउनेछन् ।

यस्तै, सेरेस ईभीका ग्राहकहरूका लागि ६ लाख रुपैयाँसम्मको आकर्षक लाभ प्रदान गरिएको छ । यसमध्ये क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एक्सेसरिज, उच्च मूल्यांकनसहितको एक्सचेञ्ज अफर र एक्सचेञ्ज बोनस समावेश छन् । काठमाडौं उपत्यकाभित्र तथा बाहिर रहेका सबै डोंगफेङ नामी र सेरेस शोरूमहरूमा यो अफर उपलब्ध भएको र सीमित समयका लागि मात्रै लागू गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्