नेभिगेशन
अर्थतन्त्र

कुमारी बैंक र आरोग्य वेल केयरबीच सम्झौता

कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकहरूलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरूमा छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार क्लिनिकबाट प्रदान गरिने इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) मा १०० प्रतिशत, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन–ए.बि.पि.यम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५० प्रतिशत, डाक्टरको परामर्श शुल्कमा ३० प्रतिशत र प्रयोगशाला परीक्षणमा २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाइहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्