नेभिगेशन
अर्थतन्त्र

सातवटा उद्योग र फर्मलाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सातवटा उद्योग र फर्मलाई कारबाही तथा निर्देशन गरेको छ । विभागको टोलीले शुक्रबार उद्योग र फर्महरूको अनुगमन निरीक्षण गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरेको हो ।

तारकेश्वर नगरपालिका वडा नम्बर ५ गोलढुङ्गास्थित क्रिष्टल स्टोरलाई दुई लाख पाँच हजार रुपैयाँ, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ नयाँबानेश्वरस्थित घुम्ती किचेनलाई २० हजार रुपैयाँ, काठमाडौँ महानगरपालिका वडा नम्बर ९ सिनामंगलस्थित ग्रिन बड्स बेकरी क्याफे प्रालिलाई पाँच हजार रुपैयाँ जरिवाना तिराई कारबाही गरेको हो । त्यसैगरी, ललितपुर महानगरपालिकाको पुल्चोकस्थित सुमेरु अस्ताल परिसरमा रहेको क्यान्टिन महालक्ष्मी नगरपालिका वडा नम्बर १ स्थित किष्ट क्याफेटेरिया, काठमाडौं महानगरपालिका वडा नम्बर २९ सिंहदरबारस्थित जीएण्डबी क्याफे, वडा नम्बर २७ स्थित वीर अस्पतालमा रहेको ग्रुप गुजेश्वरी होटल प्रालि (शाखा)लाई सुधार गर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्