नेभिगेशन
प्रदेश

पर्यटन केन्द्रमा घट्दो खेती

पोखरा–१९ पुरनचौरको चुरुंगामा धानको भुस बत्ताउँदै स्थानीय किसान । सहरीकरण तीव्रत्तर बनेको पोखरा महानगरमा खेतीयोग्य जमिन घट्दो क्रममा छ । सडक सञ्जाल विस्तार, पर्यटन पूर्वाधार, घर–भवन निर्माण, व्यावसायिक केन्द्रहरूको वृद्धि र जग्गाको व्यापक कारोबारका कारण खेती घटेको हो। फाँटहरू घडेरीका लागि प्लटिङ भएका छन्। चाउथे, पुरुन्चौर, मालेपाटन, अर्मला, हेमजा, हरिचोक, काहुँडाँडा आसपासका क्षेत्रहरूमा बर्सेनि घर थपिएका छन्। खेती गर्नुभन्दा जग्गा बेच्दा धेरै पैसा हात लाग्ने भएपछि कृषिमा आकर्षण घट्दो छ । व्यावसायिक कृषिको साटो होटल, रिसोर्ट, होमस्टे, र अन्य पर्यटन पूर्वाधार विस्तार भएका छन्। भूमि उपयोगका लागि महानगरले पनि भूउपयोग योजना कार्यान्वयनमा ल्याउन सकेको छैन । तस्बिर : रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्