नेभिगेशन
उपत्यका

कहिले पुग्छ ध्यान

काठमाडौंको वीर अस्पतालबाट जमल जाने सडकको फुटपाथ करिब अढाइ वर्षदेखि अस्तव्यस्त छ ।

काठमाडौं महानगरपालिका–२७ मा पर्ने यो क्षेत्रमा निर्माण कार्य भइरहेको छैन ।

फुटपाथ बनाउने भन्दै सामग्रीहरू राखिएको भए पनि काम नबढ्दा पैदल यात्रुले सघन यातायातसँगै जोखिम मोलेर हिँड्न बाध्य छन्।

फुटपाथमा थुपारिएका निर्माण सामग्री र अव्यवस्थित संरचनाका कारण सडक अझै साँघुरो बनेको छ ।

वीर अस्पताल आसपास दैनिक ठूलो संख्यामा पैदल यात्रु ओहोरदोहोर गर्छन्। अप्ठ्यारो सडकका कारण सास्ती खेप्ने धेरै छन्। तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका