नेभिगेशन
अर्थतन्त्र

आरोग्य वेल केयरमा कुमारी बैंकका ग्राहकलाई छुट

कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतानुसार क्लिनिकबाट प्रदान गरिदै आएको सेवाहरूमा बैंकका ग्राहकलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी)मा १०० प्रतिशत छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन एबिपियम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५० प्रतिशत छुट साथै डाक्टरको परामर्श शुल्कमा ३० प्रतिशत र प्रयोगशाला परीक्षणमा २५ प्रतिशतसम्मको छुट हुनेछ ।

कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्