नेभिगेशन
अर्थतन्त्र

शेयरबजारमा करेक्सन

काठमाडौं । आइतबार शेयरबजार दबाबमा देखियो । कारोबार मापन गर्ने नेप्से परिसूचक २६.५१ अंकले घट्दै २,६४९.५२ विन्दुमा झरेको छ । गत साता पाँच कारोबार दिनमा नेप्से ११५ अंकले बढ्दा बजारमा सकारात्मक माहोल बनेको विश्लेषण गरिएको थियो । आइतबार आएको गिरावटलाई भने विश्लेषकहरूले वृद्धि पछिको करेक्सनको रुपमा लिनुपर्ने बताएका छन् ।

नेप्से घटे पनि कारोबार रकममा भने केही सुधार भएको छ । कुल सात अर्ब आठ करोड ५४ लाख रुपैयाँ बराबरको एक करोड ५७ लाख ३६ हजार ३७२ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका २५७ कम्पनीमध्ये २११ वटाको शेयरमूल्य घट्दा बजारमा दबाब परेको हो । यद्यपी यसदिन ४५ कम्पनीका शेयरधनीले भने कमाएका छन् । मानुषी लघुवित्तको शेयरमूल्य भने स्थिर रहेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १.०१ प्रतिशत घटेर। ४५६.९८ विन्दुमा कायम भएको छ । यस्तै, साधारण शेयरतर्फको कारोबार मापन गर्ने फ्लोट सूचक १.१२ प्रतिशत घटेर १८१.५३ विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक १.०५ प्रतिशत घटेर १५५.३९ विन्दुमा कायम भएको छ ।

सूचीकृत १३ समूहमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूह बढेका छन् । बाँकी सबै घटेका छन् । सबैभन्दा धेरै लगानी समूह १.४८ प्रतिशत घटेको छ । त्यसपछि जलविद्युत समूह १.३१, लघुवित्त १.३०, जीवन बीमा १.२०, विकास बैंक १.०९, बैंकिङ १.०८ र अन्य समूह १.०४ प्रतिशत घटेको छ । यस्तै, फाइनान्स समूह ०.८३, निर्जीवन बीमा ०.६९, व्यापार ०.५१ र होटल तथा पर्यटन ०.२ ९ प्रतिशत घटेका छन् ।

सागर डिस्टिलरी, ‘निफ्रा ग्रीन इनर्जी डिबेन्चर ६ प्रतिशत– २०८८/८९’, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको शेयरकारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । सबैभन्दा धेरै ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ का इकाइधनीले ८.९९ प्रतिशत गुमाएका छन् ।

हिमालयन रिइन्स्योरेन्सको शेयरकारोबार सबैभन्दा धेरै २३ करोड पाँच लाख रुपैयाँको भएको छ । त्यसपछि जोशी हाइड्रोपावरको २१ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । लगानीकर्ताको सम्पत्ति ४५ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४४ खर्ब ४८ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयर तर्फको बजार पुँजीकरण पनि १७ अर्ब रुपैयाँ घटेर १५ खर्ब सात अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्