नेभिगेशन
अर्थतन्त्र

ग्लोबल आइएमई बैंकमा आइफोन १७ जित्ने मौका

काठमाडौं – ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’बाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ ।

बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताहरूमध्ये कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरूलाई आइफोन १७ प्रदान गर्नेछ । साथै, बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखेबापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्नेसमेत अवसर रहेको छ ।

यो योजना मंसिर १५ देखि पुस २५ गतेसम्म लागू हुनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्टप्रयोग गरी न्यूनतम ३ पटक रकमान्तर गरेको हुनपर्ने छ ।

बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ । अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्