नेभिगेशन
अर्थतन्त्र

शेयरबजारमा गिरावट

काठमाडौं । शेयरबजार बुधबार दोहोरो अंकले घटेको छ । कारोबार मापक नेप्से परिसूचक १३.५२ अंकले घटेर २,६३१.१७ विन्दुमा कायम भएको छ । पाँच अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँ बराबरको एक करोड आठ लाख ७३ हजार ३७२ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका २५८ कम्पनीमध्ये १७७ वटाको शेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । बाँकीमध्ये ७४ कम्पनीको शेयरमूल्य भने बढेको छ भने सात कम्पनीको स्थिर रहेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ०.६६ प्रतिशत घटेर ४५०.९६ विन्दुमा झरेको छ । यस्तै, साधारण शेयरतर्फको कारोबार मापन गर्ने फ्लोट सूचक ०.५५ प्रतिशत घटेर १७९.९५ विन्दुमा र सेन्सिटिभ फ्लोट ०.६८ प्रतिशत घटेर १५३.१९ विन्दुमा कायम भएको छ ।

सूचीकृत १३ समूहमध्ये चार वटा बढेका छन भने नौ वटा घटेका छन् । फाइनान्स समूह १.५९ प्रतिशत, होटल तथा पर्यटन ०.५४, उत्पादन तथा प्रशोधन ०.२४ र म्युचुअल फण्ड उपसमूह ०.४४ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूह १.१८ प्रतिशत घटेको छ । त्यसपछि निर्जीवन बीमा समूह ०.७३ प्रतिशत, बैंकिङ ०.७२, विकास बैंक ०.६६, लगानी ०.५१, जलविद्युत् ०.५०, लघुवित्त ०.४८, व्यापार ०.२३ र अन्य समूह ०.५३ प्रतिशतले घटेको छ ।

सागर डिस्टिलरी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, झापा इनर्जी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडलगायत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य २.८५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको १८ करोड ४९ लाख ७६ हजार ७६९ रुपैयाँ बराबरको भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको तीन लाख ६४ हजार ४०६ कित्ता किनबेच भएको छ ।

लगानीकर्ताको सम्पत्ति एक दिनमा २३ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४४ खर्ब १७ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको पुँजीकरण नौ अर्ब रुपैयाँ घटेर १४ खर्ब ९४ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्