नेभिगेशन
अर्थतन्त्र

नेशनल लाइफको सीईओ क्लबका सदस्यलाई सम्मान

काठमाडाैं – नेशनल लाइफ इन्स्योरेन्सले सीईओ क्लब सदस्यहरूलाई सम्मान गरेको छ । इन्स्योरे न्सले नेपालगञ्जस्थित होटल सोल्टी वेस्टेण्डमा कार्यक्रम आयोजना गरी क्लबका सदस्यहरूलाई सम्मान गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा तो किएको बीमा शुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य भएका ११५ जना अभिकर्ताहरू र सुदूरपश्चिम प्रदेशबाट योग्य भएका १६१ जना अभिकर्ताहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख र लुम्बिनी प्रदेशअन्तर्गतका शाखा कार्यालयका प्रमुखहरूको सहभागितामा अभिकर्ताहरूलाई सम्मान गरेको हो ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कर्णाली र सुदूरपश्चिम प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लो गो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका हुन् । समारोहमा उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरू ल्याउने क्रममा सिइओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट १६०० जना भन्दा बढी अभिकर्ताहरू छनोट हुन सफल भएको बताए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले तालिम प्रदान गरेका थिए । तालिमका क्रममा उनले जीवन बीमा व्यवसायमा सफलता पाउनका लागि धेरै भन्दा धेरै व्यक्तिहरूसँग सम्पर्क बढाई बीमा पोलिसीको कुरा राख्न सक्ने आवश्यक ज्ञान र सीप चाहिने बताए ।

समारोहमा, चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्न पाउँदा भविष्यमा यस पेसालाई निरन्तरता दिई व्यावसायिक बनाउँदै लैजान ऊर्जा मिलेको र प्रमुख कार्यकारी अधिकृतबाट सम्मान लिन पाउँदा मेहनतको कदर भएको सहभागी अभिकर्ताहरूले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्