नेभिगेशन
प्रदेश

एम्बुलेन्समा ५१ किलो गाँजा

सर्लाही– हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा ५१ किलो गाँजा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज १ च १५५८ नम्बरको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादव पक्राउ परेका छन् । त्यस्तै, लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गंगाबहादुर बाइबालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीका अनुसार एम्बुलेन्सको पछाडिको भागमा प्लास्टिकका दुई बोरामा १० प्याकेटमा विभाजन गरी लुकाइ राखिएको अवस्थामा ५१.५ केजी गाँजा फेला पारिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्