नेभिगेशन
प्रदेश

चितवन स्पाइनल इन्जुरी केन्द्र सञ्चालन

चितवन– रोटरी क्लब अफ चितवनले नारायणगढमा स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको छ । २४ वर्षदेखि सञ्चालनमा रहेको साँगास्थित स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरले जस्तै यस केन्द्रले पनि स्पाइनल इन्जुरीसम्बन्धी हेरचाह, पुनःस्थापना तथा सामुदायिक पुनः एकीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको केन्द्रले जनाएको छ । स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर चितवन शाखाका अध्यक्ष रामचन्द्र अधिकारीले केन्द्र स्थापनापछि यहाँका बिरामीले दीर्घकालीन उपचारका लागि लामो र कठिन यात्रा गर्नुपर्ने अवस्था न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।

केन्द्र स्वर्गीय उदयकुमार पिया र श्रीमती चमेलीदेवी पियाको स्मृतिमा उनीहरूका छोरा मदन पियाको आर्थिक तथा भौतिक सहयोग, चितवन रोटरी क्लबको व्यवस्थापन तथा स्पाइनल इन्जुरी संघ नेपालको प्राविधिक सहयोगमा सञ्चालनमा आएको हो । हाल १५ शय्या क्षमता रहेको यस केन्द्रबाट शुक्रबारदेखि विशेष दक्षतासहितका सेवा प्रदान सुरु भएका छन् । सुरुमा तीन जनाले आवासीय सुविधा लिएर उपचार थालेका हुन् । दैनिक बहिरङ्ग (ओपिडी) सेवामार्फत २५ जनासम्मलाई सेवा दिन सकिने केन्द्रले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्