काठमाडौं । साताको पहिलो कारोबार दिन शेयरबजार परिसूचक नेप्से २१.४८ अंकले घटेर २,६० ९.६९ विन्दुमा बन्द भएको छ । कारोबार भएका २५८ कम्पनीमध्ये २०४ वटाको शेयरमूल्य बढ्दा बजारमा दबाब परेको हो । बाँकीमध्ये ४६ वटा कम्पनी शेयरधनीले कमाएका छन भने आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
कुल पाँच अर्ब ३३ करोड ४४ लाख रुपैयाँ बराबरको एक करोड ७ लाख १८ हजार ६२५ कित्ता शेयर किनबेच भएको छ ।
स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र झापा इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुङ्गल हाइड्रको शेयरमूल्य भने सबैभन्दा धेरै ८.५१ प्रतिशत घटेको छ ।
सूचीकृत १३ वटै समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै जलविद्युत समूह १.२२ प्रतिशत घटेको छ । त्यसपछि व्यापार समूह १.२१ प्रतिशत, होटल तथा पर्यटन १.२०, लघुवित्त १.०४, फाइनान्स एक, विकास बैंक र निर्जीवन बीमा समूह ०.९३, उत्पादन तथा प्रशोधन ०.९१, लगानी ०.९०, म्युचुअल फण्ड ०.७१, बैंकिङ ०.६०, जीवन बीमा ०.५९, र अन्य ०.१२ प्रतिशत घटेको छ ।
सागर डिस्टिलरीको शेयरकारोबार सबैभन्दा धेरै ४३ करोड ६९ लाख रुपैयाँको भएको छ । त्यसपछि ङादी ग्रुप पावरको ३२ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
लगानीकर्ताको सम्पत्ति ३६ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४३ खर्ब ८१ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयर तर्फको बजार पुँजीकरण पनि १३ अर्ब रुपैयाँ घटेर १४ खर्ब ८१ अर्ब रुपैयाँ कायम भएको छ ।
पछिल्लो समय ब्याजदर सस्तो भए पनि बजारमा त्यसको प्रभाव परेको छैन । सामान्यतया ब्याजदर सस्तो हुँदा शेयरबजारमा सकारात्मक असर पर्छ ।
तर यसपटक राजनीतिक अस्थिरता, लगानीका लागि वातावरण बन्न नसकेको लगायतका कारण ठूला र संस्थागत लगानीकर्ताहरू शेयरमा पैसा लगाउन ढुक्क बन्न सकेका छैनन् । जसले गर्दा बजारमा शेयरको माग बढ्न सकेको छैन । जसले गर्दा पछिल्लो समय बजार सुस्त बनिरहेको छ ।