नेभिगेशन
अर्थतन्त्र

नागढुंगादेखि पिप्लामोड र पोखरेभिर क्षेत्रमा सडक कालोपत्रे सुरु

नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड अन्तर्गत नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा सडक कालोपत्रे सुरु गरिएको छ । मंसिर २४ गते देखि पुस १ गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ः३० बजेसम्म सडक खण्ड बन्द गरेर काम सुरु गरिएको छ । तर एमालेले आफ्नो महाधिवेशनलाई असर पर्ने भन्दै आग्रह गरेपछि २६ र २७ गते राजमार्ग पूर्णरुपमा सञ्चालन हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैसँग समन्वयन गरी छिटो र प्रभावकारी रूपमा काम सम्पन्न गर्न सडक बन्द गरी काम अगाडी बढाएको हो । सडक बन्द गरिएको समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोस्टमा रोकिनेछन भने भने अत्यावश्यकीय सवारीसाधन एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण गरी पठाइने छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्