नेभिगेशन
अर्थतन्त्र

पोखरादेखि ढोरपाटनसम्मको पर्यटन प्रवर्धन

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) गण्डकी प्रदेशले आन्तरिक पर्यटनको प्रवर्धन गर्न पोखरादेखि ढोरपाटनसम्मलाई लक्षित गरी पर्यटन प्रवर्धन कार्यक्रम सुरु गरेको छ । कार्यक्रमको उद्देश्य बागलुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई प्रवर्धन गर्नु रहेको एनटीभीए गण्डकीका अध्यक्ष दुर्गादत्त दहालले बताए ।

कार्यक्रमअन्तर्गत नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा आज बागलुङमा कास्कीको घान्द्रुक, बागलुङ, म्याग्दी र पर्वतका यातायात सम्बद्ध व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण तालिम प्रदान गरिने संघका प्रथम उपाध्यक्ष रविप्रसाद अचार्यले जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्