नेभिगेशन
अर्थतन्त्र

सामान्य घट्यो शेयरबजार

काठमाडौं । शेयरबजारमा बुधबार सामान्य अंकले घटेको छ । कारोबार मापक नेप्से परिसूचक ५.०३ अंकले घटेर २,६० ९.०३ विन्दुमा कायम भएको छ । कारोबार भएका २५८ कम्पनीमध्ये १६९ वटाको शेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । यस्तै, ८० कम्पनीको शेयरमूल्य बढेको छ भने नौ कम्पनीको स्थिर रहेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । तीन अर्ब ७३ करोड ८७ लाख रुपैयाँ बराबरको ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर किनबेच भएको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ०.१९ प्रतिशत घटेर ४४६.१८ विन्दुमा झरेको छ । यस्तै साधारण शेयरतर्फको कारोबार पान गर्ने फ्लोट सूचक पनि ०.१७ प्रतिशत घटेर १७८.१६ विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक ०.१८ प्रतिशत घटेर १५१.३४ विन्दुमा कायम भएको छ । उत्पादन तथा प्रशोधन र म्यचुअल फण्ड बाहेक सबै समूह घटेका छन् । उत्पादन तथा प्रशोधन समूह १.२२ प्रतिशत बढेको छ । यस्तै म्युचुअल फण्ड ०.३९ प्रतिशत बढेको छ ।

सबैभन्दा धेरै जलविद्युत समूह ०.६६ प्रतिशत घटेको छ । त्यसपछि फाइनान्स समूह ०.५७, अन्य ०.३९, निर्जीवन बीमा ०.३५, लगानी ०.३२, लघुवित्त ०.२९, विकास बैंक ०.२९, जीवन बीमा ०.२१, होटल तथा पर्यटन ०.०७, बैंकिङ ०.०५ र व्यापार समूह ०.०२ प्रतिशत घटेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार देखि कारोबार सुरु भएको एसवाई प्यानल नेपालको शेयरमूल्य ९.९७ प्रतिशत बढेको छ । सबैभन्दा बढी झापा इनर्जी लिमिटेडको शेयर मूल्य ९.३० प्रतिशतले घटेको छ ।

श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको शेयर कारोबार सबैभन्दा धेरै २६ करोड ३९ लाख रुपैयाँ बराबरको भएको छ । त्यसपछि न्यादी ग्रुप पावरको १७ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

लगानीकर्ताको सम्पत्ति नौ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४३ खर्ब ८० अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि तीन अर्ब रुपैयाँ घटेर १४ खर्ब ७९ अर्ब रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्