नेभिगेशन
प्रदेश

आगलागीमा परी वृद्धको मृत्यु

संखुवासभा । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्याँस चुहिएर उनको घरमा आगलागी भएको थियो । आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख रुपैयाँ बराबराको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्