नेभिगेशन
प्रदेश

दुर्घटनामा दुई जनाको मृत्यु

भैरहवा । सोमबार बिहान सडक दुर्घटनामा परी रुपन्देहीका दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादव रहेका छन् । बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग११प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेका एचआर ५५ डब्लू ०३१ नम्बरको भारतीय ट्रकमा ठोक्किएको थियो । गम्भीर घाइते भएका दुवैजनालाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पुर्‍याइए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्