नेभिगेशन
प्रदेश

पानीमा डुबेको अवस्थामा शव फेला

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, दरखस्वामा एक जनाको शव पानीमा डुबेको अवस्थामा फेला परेको छ । आज करिब सवा ८ बजे स्थानीय बासिन्दाले नारायणसिंह थापाको खाली जग्गामा जमेको पानीमा करिब ६५ वर्षीया एक महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्