नेभिगेशन
प्रदेश

मादीमा भेटियो एक महिलाको शव

तनहुँ । व्यास नगरपालिका–५ माथिल्लो पाटनस्थित मादी नदीको किनारमा एक महिलाको शव फेला परेको छ । पहिचान खुल्न बाँकी अन्दाजी ४०/४५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक श्रवणकुमार विकले स्थानीयवासीबाट खबर पाएलगत्तै प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा खटिएको प्रहरी घटनास्थल पुगेको र थप अनुसन्धान गरिरहेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्