नेभिगेशन
प्रदेश

उदयपुरमा हात्तीको दुःख

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जंगली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नाश गर्न थालेका स्थानीयवासीले गुनासो गरेका छन् । स्थानीयवासी श्यामनारायण चौधरीका अनुसार गत शनिबार राति मात्र स्थानीय अमृत अधिकारीको घरका बार भत्काएर अन्न क्षति गरेको थियो । यसैगरी, स्थानीय पर्शुराम हुजदारले आफ्नो घरको भकारीमा राखेको धान हात्तीले क्षति गरेको थियो । चिसो बढेसँगै हात्ती गाउँ प्रवेश गरेर बिगार तथा उपद्रो गर्न थालेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्