मेष
काममा नयाँ जिम्मेवारी आउन सक्छ । आत्मविश्वासले सफलता दिलाउनेछ । खर्चमा भने सावधानी अपनाउनुपर्ने दिन छ ।
वृष
आर्थिक स्थिति बलियो हुनेछ । पेसागत क्षेत्रमा फाइदा हुनेछ । परिवारसँग समय बिताउँदा मन प्रसन्न रहनेछ ।
मिथुन
खर्चको योग छ । काममा ढिलाइ र विवादमा पर्न सक्ने सम्भावना देखिन्छ । बोलिचालीमा संयम राख्नु हितकर हुनेछ ।
कर्कट
साझेदारी व्यवसायमा लाभ हुनेछ । पुराना कामहरू पूरा हुने सम्भावना छ । पेसागत क्षेत्रमा साथीभाइको सहयोग पाइनेछ ।
सिंह
आम्दानी र खर्चको स्थिति सन्तुलित रहला । नेतृत्व क्षमता देखाउने अवसर आउन सक्छ । मान–प्रतिष्ठा वृद्धिको योग छ ।
कन्या
परिश्रमअनुसार प्रतिफल प्राप्त हुनेछ । पेसागत क्षेत्रका योजना बनाउन दिन अनुकूल छ । खानपानमा भने सतर्क हुनुपर्ने बेला छ ।
तुला
सम्बन्ध सुधारको समय छ । साझेदारी काममा लाभको योग छ । निर्णय गर्दा भावनात्मक उत्तेजना नियन्त्रण गर्नु हितकर हुनेछ ।
वृश्चिक
धैर्य र समझदारीले समस्या समाधान हुनेछ । अर्थिक लाभ भए पनि खर्च बढ्न सक्छ । साथीभाइको सहयोग पाइनेछ ।
धनु
यात्राको योग छ । नयाँ ज्ञान तथा अवसर प्राप्त हुन सक्छ । आत्मबल बलियो रहनेछ । मानप्रतिष्ठा वृद्धि हुनेछ ।
मकर
कामको चाप बढ्न सक्छ तर परिणाम सकारात्मक रहनेछ । आर्थिक निर्णयमा हतारिनुको साटो सुझबुझ पुर्याउनु हितकर हुनेछ ।
कुम्भ
पेसागत क्षेत्रमा लाभको योग छ । सिर्जनात्मक काममा सफलता मिल्नेछ । साथीभाइसँग रमाइलो भेटघाट हुनेछ ।
मीन
आर्थिक लगानीका क्षेत्रमा हतारिने समय छैन । भावनात्मकरूपमा संवेदनशील दिन छ । खानपानमा ध्यान दिँदा राम्रो होला ।