नेभिगेशन
राशिफल

२०८२ पुस ९ गते बुधबारको राशिफल

मेष 

काममा उत्साह बढ्नेछ । आयका नयाँ स्रोत देखिए पनि खर्च अनियन्त्रित हुन सक्छ । लगानी सोचविचार गरेर गर्नुहोस् ।

वृष  

आर्थिक स्थिति स्थिर रहनेछ । पुरानो लगानीबाट फाइदा मिल्न सक्छ । खर्च पनि बढ्न सक्छ । पारिवारिक सहयोगले मन प्रसन्न बनाउनेछ ।

मिथुन

आम्दानी अपेक्षाकृत कम हुन सक्छ । अनावश्यक लेनदेनबाट टाढा रहनु उचित छ । बौद्धिक क्षमताले काममा सफलता दिलाउनेछ ।

कर्कट

व्यवसायमा लाभको संकेत छ । साझेदारी व्यासायबाट फाइदा हुनेछ । घरेलु खर्च बढे पनि सन्तुलन मिल्नेछ । भावनात्मक निर्णयले हानि गराउन सक्छ ।

सिंह

आर्थिक लाभका अवसर देखिन्छन् । मान प्रतिष्ठासँगै आम्दानी बढ्न सक्छ । घमण्डका कारण अवसर गुम्न पनि सक्छ । खर्चमा ध्यान दिनुहोस् ।

कन्या

योजनाबद्ध कामले आर्थिक लाभ दिलाउनेछ । बचत वृद्धिको सम्भावना छ । स्वास्थ्य वा शिक्षामा खर्च हुन सक्छ । धैर्यको निर्णयले फाइदा हुनेछ ।

तुला

आर्थिक पक्ष मध्यम रहनेछ । साझेदारी कारोबारबाट फाइदा भए पनि विवादको सम्भावना छ । विलासितामा खर्च बढ्न सक्छ ।

वृश्चिक

अचानक आर्थिक लाभको योग छ । पुरानो अड्किएको रकम फिर्ता हुन सक्छ । जोखिमपूर्ण लगानीबाट हानि हुन सक्छ । बोली संयमित राख्नु राम्रो ।

धनु

आम्दानीको नयाँ बाटो खुल्न सक्छ । यात्राबाट खर्च बढ्न सक्छ । दीर्घकालीन लगानी लाभदायी हुनेछ । मिथ्या आश्वासनले दुःख दिनेछ ।

मकर

परिश्रमको प्रतिफलस्वरूप आर्थिक उन्नति सम्भव छ । व्यवसायमा लाभ देखिन्छ । परिवारजनका कारण अतिरिक्त खर्च आउन सक्छ ।

कुम्भ

आर्थिक उतारचढाव रहने दिन छ । नयाँ योजना सुरु गर्दा घाटा हुन सक्छ । बचतमा ध्यान दिनुहोस ्। मित्र सहयोगले अवसर दिलाउन सक्छ ।

मीन

रोकिएको कामबाट आम्दानी हुने योग छ । खर्च पनि समान रूपमा बढ्न सक्छ । भावनामा आएर पैसा खर्च नगर्नुहोस् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राशिफल