नेभिगेशन
प्रदेश

दुई पेस्तोलसहित तीन पक्राउ

काठमाडौं । काठमाडौंको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३२ वर्षीय झिल्के भन्ने विकाश शाही, मोरङ, लेटाङ नगरपालिका–४ बस्ने २२ वर्षीय शाहिल तिवारी तथा काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ३३ वर्षीय जस्वन राई भन्ने अश्विन राई छन् । ‘नागार्जुन नगरपालिका–४ बाफलमा हतियार लुकाइछिपाइ राखिएको भन्ने सूचनाको आधारमा हाम्रो टोलीले उक्त हतियारसहित तीन जनालाई पक्राउ गरेको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्