नेभिगेशन
प्रदेश

खोटाङ जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल

खोटाङ जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल हलेसी महादेव मन्दिर क्षेत्र । यो तीर्थ हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीका लागि समान आस्थाको साझा धार्मिक स्थलका रूपमा छ । प्राकृतिक गुफाभित्र अवस्थित हलेसी महादेवलाई भगवान् शिवको प्राचीन धाम मानिन्छ । दर्शन गर्न धेरै श्रद्धालु आउँछन् । प्राकृतिक गुफामा रहेको मन्दिर ६००० वर्षदेखि अस्तित्वमा रहेको विश्वास गरिन्छ । लोककथन अनुसार भगवान शिव भस्मासुरबाट लुक्न त्यस ठाउँमा आएका थिए । उनले यही त्यसको वध गरे । बौद्ध धर्मावलम्बीहरू गुरू पध्मसम्भव (दोस्रो बुद्ध)ले यहाँ तीन महिना ध्यान गरेको विश्वास गर्छन् । किराँत समुदायले आदिपूर्खाको वासस्थल मान्छन् । यहाँको पहाडको टुप्पोमा तीन गुफाहरू छन् जसले भगवान शिवका तीन आँखाको प्रतिनिधित्व गर्दछ । यो क्षेत्र दायाँतिर दूधकोशी र सुनकोशी नदी छन् । मन्दिर परिसरमा तीनवटा मुख्य गुफा छन्, जसलाई स्वर्ग, पृथ्वी र पाताल लोकको प्रतीक मानिन्छ । बालाचतुर्दशी, शिवरात्रि र तिहारजस्ता पर्वमा यहाँ ठूलो मेला लाग्छ । सडक सहज भएसँगै वर्षैभरि धार्मिक पर्यटक पुग्न थालेपछि यहाँ व्यापार फस्टाएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्