नेभिगेशन
प्रदेश

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगनको प्रक्रिया अघि बढाउँदा कारबारीमा पर्ने फर्म र व्यावसायिको मात्रा बढ्दै गएको छ । विभागले ललितपुरका १७ वटा फर्ममा निरीक्षण गर्दा कैफियत देखिएका दुईवटा फर्मले नगद जरीवाना तिनुपर्ने भएको छ । विभागका अनुसार शक्ति मार्बल्स, एकान्तकुनालाई २० रुपैयाँ हजार जरिवाना गरिएको छ भने आरके ब्रदर्श, हात्तीवनलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । विभागले नियमितजसो बजार अनुगमन गर्दै कालोबजारी नियन्त्रण र स्वच्छता कायम राख्दै आएको छ । स्थानीय प्रशासन, जनप्रतिनिधि समेतको सहकार्यमा बजार अनुगमन तथा निरीक्षण जारी रहने विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्