नेभिगेशन
प्रदेश

दुर्घटनामा श्रीमती बितिन्, श्रीमान् घाइते

भक्तपुर । लोकन्थलीमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ना७ ख ९२६६ नम्बरको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमा नै मृत्यु भएको हो भने मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौं कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्