नेभिगेशन
प्रदेश

विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । यूके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौं महानगरपालिका–१५ बस्ने ३४ वर्षीय विजय गुरुङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले, ‘पक्राउ परेकामध्ये इन्द्र र आइतेले यूके पठाइदिने भन्दै सात जना पीडितबाट रु. १३ लाख र विजयले यूके पठाइदिने भन्दै एक जना पीडितबाट रु. पाँच लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्