नेभिगेशन
प्रदेश

अण्डाको मूल्य घट्यो

चितवन । अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी मंगलबारदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट ९० रुपैयाँ घटेको जनाएको छ ।

फार्ममा ठूलो अण्डा ५६५ रुपैयाँ प्रतिक्रेट (३० वटा) पुगेको अण्डाको मूल्य घटेर ४७५ रुपैयाँमा झरेको हो । यस्तै, मिडियम अण्डाको प्रतिक्रेट ५५०बाट ४६० रुपैयाँमा झरेको छ ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूला फार्म बाट दररेट लिएर समर्थन मूल्य तोकिएको हो । यससँगै उपभोक्ता मूल्य प्रतिगोटा २५ बाट २० रुपैयाँमा झारिएको छ । बढ्दो जाडोसँगै उपत्यका र हिमाली भेगमा विद्यालय बन्द र गतिविधि कम भएको, पर्यटकको आगमन घट्दै गएको, अण्डाको मूल्य राम्रो पाइने आशामा कुखुरा बिक्री नगरी अण्डा उत्पादन गरिरहेकालगायत कारणले मूल्य घटेको हो ।

‘अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसानलाई थप नोक्सान हुनेभएको छ’ अध्यक्ष पोखरेलले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश