नेभिगेशन
राशिफल

२०८२ पुस २३ गते बुधबारको राशिफल

मेष 

चन्द्रमा लाभ स्थानमा रहेकाले आर्थिक तथा सामाजिक पक्ष सबल रहनेछ । रोकिएको काम बन्न सक्छ । संवादमा संयमित रहनु राम्रो ।

वृष  

कार्यस्थलमा जिम्मेवारी बढ्ने संकेत छ । उच्च पदस्थ व्यक्तिसँग सावधानीपूर्वक व्यवहार गर्नुहोला । स्वास्थ्यमा थकान हुन सक्छ ।

मिथुन

भाग्य स्थानमा चन्द्र गोचर भएकाले धर्म, यात्रा र अध्ययन पक्ष अनुकूल छ । गुरुजनबाट सहयोग मिल्ने छ । आर्थिक लाभा हुनेछ ।

कर्कट

अलि मानसिक दबाब महसुस हुन सक्छ । लगानी गर्दा सोचविचार गर्नुहोला । योजना बनउँदा ध्यान दिनुहोस् । स्वास्थ्य प्रतिकलु छ ।

सिंह

दाम्पत्य तथा साझेदारी क्षेत्रमा फाइदा हुनेछ । व्यापारमा नयाँ सम्झौता हुन सक्छ । अहंकार त्याग्दा राम्रो हुन्छ । आर्थिक लाभको योग छ ।

कन्या

राेग, ऋण र प्रतिस्पर्धामा सजगता आवश्यक छ । मेहनतको फल ढिलो भए पनि निश्चित रूपमा प्राप्त हुनेछ । प्रेममा सफलता मिल्नेछ । 

तुला

सन्तान सुख, प्रेम र सिर्जनात्मक कार्यमा अनुकूल दिन छ । अध्ययनमा मन लाग्नेछ । मनोरञ्जनमा खर्च बढ्न सक्छ ।

वृश्चिक

घर–परिवार सम्बन्धी विषयले मन खिच्न सक्छ । भूमि, वाहन सम्बन्धी विचार अघि बढ्न सक्छ । अध्ययनमा रुची जाने छ ।

धनु

साहस र पराक्रम बढ्ने छ । छोटो यात्रा लाभदायक हुन्छ । भाइबहिनीसँग सम्बन्ध प्रगाढ हुनेछ । प्रेममा भने असफलता हुन सक्छ ।

मकर

धन आगमनका योग छन् तर खर्च पनि उत्तिकै हुनेछ । वाणी नियन्त्रण गर्नु अत्यन्त आवश्यक छ । नयाँ काम प्राप्ती हुन सक्छ ।

कुम्भ

चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मविश्वास बढ्ने छ । नयाँ काम सुरु गर्न उपयुक्त दिन छ । धन आर्जन हुनेछ ।

मीन

मन अलि चञ्चल हुन सक्छ । ध्यान, पूजा, जप लाभदायक हुन्छ । खर्चमा नियन्त्रण गर्नुहोला । प्रेममा सफलता मिल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राशिफल