नेभिगेशन
प्रदेश

गैंडाको रजगज

चितवनको नारायणी नदी किनारमा गैंडा । नेपालमा पाइने एकसिङ्गे गैंडा विश्वकै दुर्लभ र संरक्षित वन्यजन्तुमा पर्छ । यसको संरक्षणमा नेपालले पछिल्लो समय उदाहरणीय सफलता हासिल गरिरहेको छ । सन् २०२१ मा गणनामा चितवनमा ६९४ गैंडा थिए । नेपालमा ७५२ गैंडाको गणना भएको थियो । नेपालले सन् २०३० सम्म गैंडाको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ । त्यसका लागि सरकारीस्तरबाट विभिन्न प्रयास भइरहेका छन् । यद्यपि केही समयदेखि गैंडा मर्ने क्रम बढेकाले लक्ष्यमा पुग्न सहज देखिँदैन । सन् २०२१ पछि नेपालमा गैंडा गणना भएको छैन ।

यो जन्तु मुख्यतः चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छ । गैंडा करिब ६–७ वर्षमा वयस्क हुन्छ भने भाले गैंडा करिब ९–१० वर्षमा प्रजननयोग्य हुन्छ । प्रजननका लागि भाले–पोथीको प्राकृतिक मिलन हुन्छ र गर्भधारण अवधि करिब १५–१६ महिना रहन्छ । एक पटकमा प्रायः एउटै केटा वा केटी जन्मिन्छ । प्राकृतिक अवस्थामा एकसिङे गैंडाको औसत आयु ४०–४५ वर्षसम्म हुन्छ । तस्बिर : दृष्टान्त बिडारी/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश