नेभिगेशन
प्रदेश

युवक मृत फेला

बर्दिया । बढैयाताल गाउँपालिका–८ दैलेखी टोलका अन्दाजी ३७ वर्षीय खमानसिंह सार्कीको शव माछापोखरीमा फेला परेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाका प्रहरी निरीक्षक अच्युत गिरीका अनुसार मृतक सार्की बढैयाताल–८ दैलेखी टोलमा फ्रेस हाउस सञ्चालन गर्दै आएका शिवहरि रानाभाटको माछापोखरीमा मृतावस्थामा भेटिएका हुन् । मृतकको शरीरमा बाह्य चोटपटक देखिएको छैन । श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि मृतक दाजुसँगै बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानमा उनी अत्यधिक मदिरा सेवनपछि पोखरीमा खसेका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश