नेभिगेशन
प्रदेश

गैंडाको आक्रमणबाट मृत्यु

भरतपुर । गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोलनजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैंडाले आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार निजको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश