नेभिगेशन
प्रदेश

बैतडीमा नमूना पुस्तकालयको तयारी

बैतडी । पठन संस्कृतिको विकास एवं र पुस्तकको सहज उपलब्धताका लागि पुर्चौंडी नगरपालिका–७ स्थित गलिनाथ मावि बडगाउँमा नमूना पुस्तकालय बनाउन आवश्यक गृहकार्य अघि बढाइएको छ । पुस्तकालयमा १० हजार पुस्तक पुर्‍याउने लक्ष्यअनुसार पुस्तक संकलनको काम भइरहेको छ । पुस्तकालयबाट पढ्नका लागि पुस्तक घर लान पाइनेछ भने पुस्तकालयमै पनि पढ्न पाइनेछ । विद्यालयका प्रधानाध्यापक दिनेश नागरीले असोज ६ गतेदेखि पुस्तकालय सञ्चालन गरिएको र अहिलेसम्म साढे चार हजार पुस्तक जम्मा भइसकेका बताए । पुस्तकालयमा साहित्य, कानुन, शिक्षालगायतका पुस्तकहरू राखिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश