नेभिगेशन
प्रदेश

गेस्टहाउस सञ्चालक पक्राउ

विराटनगर । १६ वर्षीया किशोरीलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले विराटनगर–११, रोडशेषस्थित ‘दी भिन्तुना गीतगजल’ का सञ्चालक पर्शुराम कामत र मनिष ठाकुरलाई पव्रmाउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं प्रवक्ता कोपिला चुँडालका अनुसार कामका सिलसिलामा पाँच महिनादेखि गीतगजलमा कार्यरत किशोरी आफैँले प्रहरीमा खबर गरेपछि उद्धार गरिएको हो । त्यसपछि होटेल सञ्चालक विराटनगर १२ का ३३ वर्षीय कामत र बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा विराटनगर–८ का २६ वर्षीय ठाकुरलाई पव्रmाउ गरिएको हो । किशोरीले फोन गरेपछि प्रहरीले गीतगजलमा छापा मारेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्