नेभिगेशन
प्रदेश

चार प्लास्टिक उद्योगलाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उभपोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका चार वटा प्लास्टिक उद्योगलाई जरिवाना गरेको छ । विभागको अनुगमन टोलीले दर्ता वा नवीकरण नभई वा तोकेको मापदण्डभन्दा कम गुणस्तरको प्लास्टिकको झोला बिक्री गरेको कसुरमा चार प्लास्टिक उद्योगलाई जरिवाना गरेको हो । विभागका अनुसार काठमाडौंको प्रशन्ना प्लास्टिक उद्योग, विन्दवासिनी प्लास्टिक उद्योग, रामकृष्ण प्लास्टिक उद्योगलाई दुई/दुई लाख रुपियाँका दरले जरिवाना गरेको छ भने संघाई प्लास्टिक उद्योगलाई ५० हजार रुपियाँ जरिवाना गरेको छ । यस्तै विभागले जरिवानामा परेका चार उद्योगसहित १४ वटा प्लास्टिक उद्योगको अनुगमन गरेर ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण नगर्न निर्देशनसमेत दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्