मेष
काममा सक्रियता बढ्ने छ । सानो प्रयासले पनि राम्रो नतिजा दिन सक्छ । आवेगमा निर्णय नगर्नु राम्रो । आर्थिक लाभ हुनेछ ।
वृष
आर्थिक पक्ष सामान्य रहनेछ । परिवारसँग समय बिताउँदा मन हलुका हुनेछ । खर्चमा नियन्त्रण गर्नुपर्ने देखिन्छ ।
मिथुन
संवाद र भेटघाटको दिन छ । नयाँ सूचना वा प्रस्ताव आउन सक्छ । स्पष्ट निर्णय गर्दा फाइदा पुग्नेछ । प्रेममा सफलता मिल्नेछ ।
कर्कट
भावनात्मक उतार–चढाव हुन सक्छ । धैर्य राखे काम बिस्तारै अघि बढ्ने छ । स्वास्थ्यमा ख्याल गर्नुहोला ।
सिंह
आत्मविश्वास बलियो रहने दिन छ । नेतृत्वदायी काममा प्रशंसा पाउन सकिन्छ । अहंकारबाट टाढा रहनु राम्रो हुनेछ ।
कन्या
काममा सूक्ष्म ध्यान आवश्यक छ । सानो गल्तीले झन्झट ल्याउन सक्छ । योजनाबद्ध रूपमा अघि बढ्दा फाइदा हुनेछ ।
तुला
सम्बन्ध सुधारको दिन छ । मित्र वा साझेदारसँग सहकार्यबाट फाइदा हुनेछ । निर्णय गर्दा ध्यान दिनुपर्नेछ ।
वृश्चिक
गोप्य चिन्ता वा दबाब महसुस हुन सक्छ । अनावश्यक विवादबाट टाढा रहनु बुद्धिमानी । परिवारसँग समय बिताउँदा राम्रो हुनेछ ।
धनु
यात्रा वा नयाँ अनुभवको संकेत छ । सिकाइ र विस्तारको अवसर आउन सक्छ । आलस्य त्याग । अध्ययनमा रुची जानेछ ।
मकर
जिम्मेवारी बढ्ने दिन छ । मेहनतको फल ढिलो भए पनि स्थायी हुन्छ । नयाँ काम प्राप्त हुन सक्छ ।
कुम्भ
नयाँ सोच र विचार जन्मिने दिन छ । फरक तरिकाले काम गर्दा फाइदा हुनेछ । साथीको सहयोग मिल्न सक्छ ।
मीन
कल्पनाशीलता बढ्ने समय छ । कला, संगीत वा आध्यात्मिक काममा मन लाग्नेछ । साथीभाइसँग साझेदारी हुन सक्छ ।