नेभिगेशन
प्रदेश

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं ।  काठमाडौं महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक रामेछाप नगरपालिका–५ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २८ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा ७१ प ५८८९ नं को मोटरसाइकल बा ४ ख २८९८ नं को टिपरमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सुनार गम्भीर घाइते भएका थिए । उनको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्