नेभिगेशन
राशिफल

माघ ११, २०८२, आइतबारको राशिफल

मेष 
आजको दिन ऊर्जावान् रहनेछ । नयाँ कार्यको थालनी गर्न उत्साह मिल्नेछ । रोकिएका अधूरा कामहरू साथीभाइको सहयोगमा अगाडि बढ्नेछन् ।

वृष 
आर्थिक दृष्टिकोणले आजको दिन राम्रो छ । बोलीको प्रभाव बढ्नेछ जसले गर्दा कार्यस्थलमा तपाईंको प्रशंसा हुनेछ । खानपानमा भने अलि ध्यान दिनुहोला ।


मिथुन 
बौद्धिक कार्यमा रुचि बढ्नेछ । मनमा नयाँ विचारहरू आउनेछन् । परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ । छोटो दूरीको यात्रा हुन सक्छ ।

कर्कट 
आज मन अलिकति चञ्चल रहन सक्छ । अनावश्यक खर्च बढ्ने डर छ, त्यसैले बजेट बनाएर चल्नुहोला । काममा धैर्यता राख्नु नै बुद्धिमानी हुनेछ ।

सिंह
आइतबार तपाईंको आफ्नै स्वामी (सूर्य) को दिन भएकाले आत्मबल उच्च रहनेछ । व्यापार व्यवसायमा सोचेभन्दा बढी लाभ मिल्न सक्छ । प्रशासनिक काममा सफलता मिल्नेछ ।


कन्या 
लामो समयदेखि रोकिएका कामहरू बन्नेछन् । रोजगारीको खोजीमा हुनुहुन्छ भने शुभ समाचार सुन्न पाइनेछ । स्वास्थ्यमा उल्लेख्य सुधार आउनेछ ।

तुला 
भाग्यले साथ दिनेछ । धार्मिक वा आध्यात्मिक कार्यमा संलग्न हुनुहुनेछ । टाढाको यात्राको योग छ । वैदेशिक क्षेत्रका कामहरूमा प्रगति हुनेछ ।

वृश्चिक 
स्वास्थ्यमा केही उतारचढाव आउन सक्छ, सतर्क रहनुहोला । गोप्य कुराहरू बाहिर आउने डर भएकाले सावधान रहनुहोस् । सवारी साधन चलाउँदा ध्यान दिनुहोला ।

धनु 
दाम्पत्य जीवन सुखमय रहनेछ । नयाँ व्यावसायिक साझेदारीको प्रस्ताव आउन सक्छ । विपरीत लिङ्गी साथीबाट विशेष सहयोग प्राप्त हुनेछ ।

मकर 
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । शत्रुहरू परास्त हुनेछन् । मामाघर वा मावली पक्षबाट सहयोग मिल्नेछ । ऋण लिने वा दिने काममा विचार पु¥याउनुहोला ।

कुम्भ 
सिर्जनात्मक काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा मन जानेछ । सन्तानको तर्फबाट खुसीको खबर मिल्न सक्छ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ ।

मीन 
पारिवारिक विवादले केही मानसिक तनाव दिन सक्छ । घरजग्गाको कारोबार गर्दा कागजी प्रक्रियामा ध्यान दिनुहोला । आमाको स्वास्थ्यको ख्याल राख्नुहोस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राशिफल