नेभिगेशन
अर्थतन्त्र

सानिमा रिलायन्स लाइफको कर्मचारी प्रशिक्षण

काठमाडौं । सानिमा रिलायन्स लाइफले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसहित अपरेसनल प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । प्रदेश १ र २ मा कार्यरत कर्मचारी सम्मिलित कार्यक्रम माघ ३ र ५ गते आयोजना गरिएको हो ।                

नियमित प्रशिक्षण कम्पनीका प्रमुख सञ्चालन अधिकृत ज्ञान रायमाझीका साथै अभिकर्ता विभाग प्रमुख विशाल श्रेष्ठ, ग्राहक सेवा विभाग प्रमुख ज्ञानेन्द्रदेव भट्ट तथा दाबी विभाग प्रमुख सञ्जीव सिंहले प्रदान गरेका थिए ।                        

प्रमुख सञ्चालन अधिकृत रायमाझीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानका बारेमा प्रकाश पारेका थिए ।                        

सानिमा रिलायन्सले देशभरका १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी गरेको छ । कम्पनीमा २० हजारभन्दा बढी अभिकर्ता कार्यरत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्