नेभिगेशन
अर्थतन्त्र

नेपाल बिल्डकनको एघारौँ संस्करण माघ २२ देखि

काठमाडौं । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यले एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल बिल्डकनको एघारौँ संस्करण माघ २२ देखि २५ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।       

राष्ट्रको पहिलो र एक मात्र निर्माण क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी बिल्डकनको यो संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरू सहभागी हुने भएका छन् । २०० भन्दा धेरै स्टल रहने प्रदर्शनीमा आफ्ना वस्तु तथा सेवाहरू उपभोक्तामाझ प्रदर्शन गर्न पाउँदा सहभागिता जनाउने व्यवसायी तथा उद्यमीहरू पनि निकै उत्साहित छन् ।                    

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा ११ वर्षदेखि निरन्तर रुपमा हरेक वर्ष आयोजना गर्दै आएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । यस प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामाग्री तथा प्रविधिहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने साथै अन्तर्राष्ट्रिय बजारमा चलि आएका नवीनतम प्रविधि, सेवा तथा बस्तुहरू नेपालमा भित्र्याउने अवसरसमेत प्रदान हुँदै आएको छ ।                    

प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, फिटिङ्स, कन्सट्रक्सन केमिकल, पीभीसी र युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर र सिमेन्ट तथा स्टिललगायत निर्माणका सम्पूर्ण सामाग्री तथा सेवाहरू पाउन सकिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्