नेभिगेशन
अर्थतन्त्र

प्राइम टायल्स बन्यो नेपालको पहिलो गुणस्तर प्रमाणित टायल कम्पनी

काठमाडौं । प्राइम टायल्सले नेपाल गुणस्तर तथा नापतौल विभागबाट राष्ट्रिय गुणस्तर मापदण्ड ६१७ अनुसारको प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै प्राइम टायल्स नेपालको भित्ते तथा भुइँ टायल क्षेत्रमा पहिलो र हालसम्मकै एकमात्र राष्ट्रिय गुणस्तर प्रमाणित टायल कम्पनी बनेको छ ।                

उक्त प्रमाणपत्रले प्राइम टायल्सका उत्पादनहरू राष्ट्रिय गुणस्तर मापदण्डअनुसार परीक्षण, मूल्यांकन तथा स्वीकृत भएको औपचारिक पुष्टि गरेको छ । कम्पनीका अनुसार यस उपलब्धिले उत्पादनको गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग तथा आकर्षक बनावटप्रतिको प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाएको छ ।                    

घर, कार्यालय तथा व्यावसायिक भवनका लागि उपयुक्त प्राइम टायल्सका भित्ते तथा भुइँ टायलहरूले अब उपभोक्तालाई राष्ट्रिय स्तरमै प्रमाणित गुणस्तरको भरोसा दिने भएका छन् । प्रमाणपत्र प्राप्तिसँगै कम्पनीले नेपाली निर्माण सामग्री उद्योगमा गुणस्तर र विश्वसनीयताको नयाँ मापदण्ड स्थापित गरेको जनाएको छ ।                      

प्राइम टायल्स ब्रान्ड प्राइम सेरामिक्स प्राइभेट लिमिटेडद्वारा प्रवर्द्धित कम्पनी हो । सन् २०२१ मा स्थापना भएको यो कम्पनी रौतहटको बृन्दावन नगरपालिकामा अवस्थित छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ४० लाख वर्ग मिटर रहेको छ । कम्पनीले हालसम्म ३ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको जनाएको छ ।                      

प्रतिष्ठित व्यावसायिक घरानाहरूको प्रवर्द्धनमा सञ्चालनमा रहेको यो कम्पनी हाल देशभर १२० भन्दा बढी विक्रेताको सञ्जालमार्फत आफ्ना उत्पादन उपभोक्तासम्म पुर्‍याइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्