मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज उत्साह बढ्ने दिन छ । अधुरा काम पुरा हुने सम्भावना छ । नयाँ योजना सुरु गर्न अनुकूल समय छ। आर्थिक पक्ष मध्यम रहनेछ । परिवारसँग समय बिताउन पाइनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा व्यस्तता बढ्न सक्छ। खर्च बढ्ने संकेत छ, तर आम्दानी पनि सन्तोषजनक रहनेछ। धैर्यताका साथ निर्णय लिनु उपयुक्त हुनेछ। स्वास्थ्यमा सामान्य ध्यान दिनु राम्रो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ अवसर हात पार्न सकिने दिन छ । साथीभाइबाट सहयोग मिल्नेछ । अध्ययन–अनुसन्धानमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यस्थलमा प्रशंसा पाइनेछ। पदोन्नतिको संकेत देखिन्छ । घरपरिवारमा सानो विवाद हुन सक्छ, संयम आवश्यक छ। यात्राको सम्भावना छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मविश्वास बढ्नेछ। व्यापारमा लाभ हुने संकेत छ । सामाजिक कार्यमा सक्रियता बढ्नेछ। मान–सम्मान प्राप्त हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अचानक खर्च आउन सक्छ। पुराना काममा ढिलाइ हुन सक्छ, तर धैर्य राखे सफलता मिल्नेछ। स्वास्थ्यमा सतर्कता अपनाउनु राम्रो ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारी कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ । आर्थिक लाभका अवसर देखिन्छन्। नयाँ व्यक्तिसँग भेटघाट हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको दबाब बढ्नेछ। शत्रु पक्ष कमजोर रहनेछ । स्वास्थ्यमा सानो समस्या देखिन सक्छ। ध्यान र विश्राम आवश्यक छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सृजनात्मक कार्यमा सफलता मिल्नेछ। विद्यार्थीका लागि राम्रो दिन छ । सन्तान पक्षबाट खुशीको खबर आउन सक्छ। यात्राको योग छ ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
घर–जग्गासम्बन्धी काममा प्रगति हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ । खर्चमा नियन्त्रण आवश्यक छ। मन शान्त रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
छोटो यात्राको सम्भावना छ। दाजुभाइबाट सहयोग मिल्नेछ । नयाँ सीप सिक्ने अवसर मिल्नेछ। बोल्दा सावधानी अपनाउनु राम्रो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आर्थिक लाभ हुने संकेत छ। व्यापारमा राम्रो प्रगति हुनेछ । खानपानमा ध्यान दिनु आवश्यक छ। आत्मविश्वासका साथ अघि बढ्दा सफलता मिल्नेछ ।