मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -
खर्चमा सावधानी अपनाउनु आवश्यक छ । रचनात्मक काम तथा सञ्चारसँग सम्बन्धित क्षेत्रमा सफलता पाउनुहुनेछ। कार्यक्षेत्रको यात्राबाट लाभ मिल्ने सम्भावना छ । साझेदारीमा हुने व्यापारबाट राम्रो नतिजा पाइनेछ । खर्च अनावश्यक बढ्न सक्ने भएकाले सतर्क रहनु उचित हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) -
विपरीत परिस्थितिमा पनि लाभ हुने दिन हो । पैतृक सम्पत्तिबाट धन प्राप्त हुने योग छ । थोरै प्रयत्नमै सफलता मिल्नेछ । तर, हतारमा खरिद गर्दा अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले संयमता आवश्यक छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) -
नयाँ स्रोतबाट धनलाभ हुने सम्भावना छ । व्यवसायिक साझेदारीमा लागेकाहरूलाई विशेष लाभ हुनेछ । आर्थिक र सामाजिक प्रतिष्ठा बढ्नेछ । व्यवसायमा नयाँ अवसर प्राप्त भई प्रगति गर्ने समय हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) -
स्वास्थ्यतर्फ चुनौती आउन सक्छ, जसका कारण काममा ध्यान दिन गाह्रो हुनेछ । विवाद वा झगडाबाट टाढा रहनु बुद्धिमानी हुनेछ । आर्थिक पक्षमा पनि सतर्क रहनुपर्ने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) -
निवेशबाट लाभ हुने योग छ । तपाईँको कार्यशैली र प्रस्तुति वरिष्ठलाई प्रभावित पार्नेछ । नयाँ जागिर वा पदोन्नतिको अवसर आउन सक्छ । धन र सम्पत्तिको हिसाबले समय अनुकूल रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) -
करियरमा प्रगति र सम्मान प्राप्त हुनेछ । कार्यस्थल सजाउन वा सुविधा बढाउन खर्च गर्नुपर्ने हुन सक्छ । पारिवारिक व्यापार गर्नेहरूलाई विशेष लाभ हुनेछ । बहुमूल्य सामान खरिद गर्ने सम्भावना पनि छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) -
भाग्य बलियो रहने दिन हो । लक्ष्य प्राप्तिका लागि साहसपूर्वक काम गर्नुहुनेछ र सहकर्मीको सहयोग पनि पाउनुहुनेछ । टोलीमा गरिएको काम सफलतापूर्वक सम्पन्न हुनेछ । आर्थिक पक्ष बलियो रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) -
नयाँ काम वा व्यापार सुरु गर्न अनुकूल समय हो । आत्मविश्वास उच्च रहनेछ । नयाँ मानिसहरूसँग भेटघाट र सम्बन्ध विस्तारले मान–सम्मान बढाउनेछ । आर्थिक पक्ष लाभदायक रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) -
नयाँ आयस्रोत प्राप्त हुने योग छ । सामाजिक सम्बन्ध बलियो हुनेछ र प्रभावशाली व्यक्तिहरूसँग चिनाजानी बढ्नेछ । कार्यव्यस्तताका कारण व्यक्तिगत जीवनमा समय दिन गाह्रो हुन सक्छ । आर्थिक स्थिति मजबुत रहँदा खर्चमा पनि कमी आउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) -
दिन लाभदायक रहनेछ । व्यापारमा नयाँ अवसर मिल्नेछन् । तर, कुनै ठूलो निर्णय लिनुअघि फाइदा–नोक्सानबारे राम्ररी सोच विचार गर्नु उपयुक्त हुनेछ । आर्थिक रूपमा दिन अनुकूल छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) -
धनलाभ प्राप्त हुने दिन हो । सामाजिक र व्यवसायिक नेटवर्क विस्तार हुनेछ । कार्यक्षमता बढ्नेछ र वरिष्ठ अधिकारीहरू खुसी रहनेछन् । व्यापारीलाई विभिन्न स्रोतबाट लाभ हुने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) -
कार्य क्षेत्रमा केही परिवर्तनका कारण असमञ्जस बढ्न सक्छ । तर, व्यापारीहरूले सामाजिक दायरा विस्तार गर्ने अवसर पाउनेछन् । आर्थिक दृष्टिले समय अत्यन्त शुभ रहनेछ । खर्च नियन्त्रित राख्न सके अझ राम्रो हुनेछ ।